पुराना दललाई गाली गर्दै नेता बनेका नयाँ अनुहार पनि दल दर्ता गरि दलहरूको दलदलमा पस्दै

318 Shares

हिजो सम्म पुराना दलहरूले एजेन्डा फरक लक्ष्य एउटै भएको सम्पुर्ण जनताले देखे। 
लोकतान्त्रिक पार्टी र कम्युनिस्ट पार्टी को नाममा एक आपसमा नेपाली जनता भिडे पनि सरकारमा दुवै विचारका नेताहरूको गठजोडको लडाई चलिरहे भने जनताको छोराछोरीको भविष्य खरानी बनिरहे। 

माऔवादी को नाममा १७००० नेपाली जनता एक आपसमा लडेर मारिए परिणाम नेता, नेताका छोरी, ज्वाई, र आसेपासे धनी भए जनताका छोराछोरीहरू विदेशीए। 

मधेस मुक्तिको नाममा मधेस विद्रोहमा दर्जनौं मधेसी मारिए परिणाम नेता, नेताका परिवार, आसेपासे धनी भए। त्यो मधेसीका नेताहरूले सत्तामा केन्द्रित रही त्यही काँग्रेस एमाले माऔवादी को सरकार टिकाउन बैशाखी मात्र बने र आम मधेसीको सपना चकनाचुर गरे। 

एजेन्डा जनता लाई सपना देखाउने तर लक्ष्य भनेको सबै मिलेर सत्ता भोग गर्ने भएको ले आम नेपाली जनता वक्क दिक्क भई सकेका थिए। 

वर्षौ देखि गरिबि र बेरोजगारी बाट चेपिएकाहरू कर्जा ऋणमा आस्रित रहँदा पनि किस्ता ब्याज को भुमरी मा गरिब र किसान फस्दै गए। 
अधिकतम यूवापुस्ता यस्तो भुमरी बाट आफु र आफ्नो परिवार लाई जोगाउन विदेश पलायन हुनु परेको जगजाहिर छ। 
नेताहरू आफनो सत्ता जोगाउन आफनो सिद्धान्त नैतिकता र विचारलाई थाती रखेर गठजोड माथि गठजोड गरि रहे र देश लुटि रहेको आरोप आम जनताको छ। 
आफु र आफना परिवार आसेपासेमा मात्र केन्द्रीत रहेका दलका नेताहरू बाट आम नेपाली पुरै निराश बनेको अवस्थामा नयाँ अनुहारहरू बालेन साह, रवि लामिछाने, हर्क साम्पाङ जस्ता अनुहारहरूको जन्म भयो। 
पुराना दलहरूको कमि कमजोरी गल्तीहरू लाई मुद्दा बनाएर स्वतन्त्र आवाज उठाएर यी नया अनुहारहरू लोकप्रिय बने। 
यिनको लोकप्रियता मा सर्वसाधारण आम जनताले फेरि केही नयाँ आश देखे । यिनीहरू ले पस्केको  सपनामा भदौ २३ र २४ गते जनताले आफनो रिस पोखे र आमजनता कै दर्जनौ सन्तान मारिए र आफनै देशको सम्पत्ति  खरानी भयो ।
 परिणाम स्वरूप सरकारमा बसेका अनुहार मात्र परिवर्तन भयो " रकसी त्यही लेबल परिवर्तन " मात्र भयो। 
अब फेरि फरक फरक विचार बोकेका बालेन, मिराज, रवि, सुदन, कुलमान जस्ता नयाँ अनुहारहरूले फरक फरक दल दर्ता गरि उही पुरानै शेली  मा गठजोड गर्दै सतामा पुग्ने अभ्यासमा लागेकोले आम नेपाली जनतामा निराशा बढेको छ। पछ्त्याउनु बाहेक के विकल्प छ र? 
 उही पुरानै उखान " जुन गोरू आए कानै चिरेको " 
निष्कर्ष : सत्ता प्राप्ति र बर्चस्व को लडाईमा आम जनता का छोराछोरीहरू मारिन्छन र देशको सम्पत्ति खरानी हुँदैछ। देश को अवस्था को चिन्ता कसलाई छ?? भन्ने सबै को मन मा उठेको प्रशन्न यही रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार