क्षेत्र नं ५ मा फोहोर थुपार्ने दुरगन्ध फैलाउने विभेदपूर्ण निर्णय हो : जननायक सलीम अन्सारी

681 Shares

विराटनगरमा दैनिक उत्पादन हुने एकसय मेट्रिकटन फोहोर विराटनगर–६ को ब्रम्हपुरामा डम्पिङ गर्दै आएको २० वर्षपछि स्थान परिवर्तन गरिएको छ ।

अब दैनिक तीन कम्पनीले सहरका घरबाट संकलन गर्ने फोहोर विराटनगर–१६ दरैयास्थित महानगरपालिकाले खरिद गरेको एघार बिघा क्षेत्रफल जग्गामा थुपारिनेछ ।

तर, यहाँ तत्काल अस्थायी रुपमा फोहोर मंगलबारदेखि लैजान थालिएको छ ।

त्यसका लागि अहिले दुई बिघा क्षेत्रफलमा घेराबेरा गरेर फोहोर डम्पिङ गर्ने ठाउँ बनाइएको छ ।

यो निर्णय विभेदपुर्ण हो, मेरो यसमा कडा आपत्ति छ भन्दै जननायक सलीम अन्सारी ले आपत्ति जनाएका छन। राज्यले मोरँग को दक्षिणी क्षेत्र नं ५ का जनता माथि लगातार विभेद र अन्याय को निति अपनाएको देख्दा मनै पिडादायी  हुछ अन्सारी ले बताए। 

अन्सारी का अनुसार चौतर्फी विकास भएको बेला क्षेत्र नँया ५ बाट कलकारखाना हरू प्लटिँग गराईयो, तालिम केन्द्र उत्तर सारियो। भएभरको सेवा सुविधाका योजनाहरू उत्तर तर्फमा नै प्राथमिकता दिएको हो।

दक्षिणका जनतालाई कर को दायरामा बाँधेर कर मात्र तिराइयो भन्दै ५ नं क्षेत्र का जननायक सलीम अन्सारी ले कडा आपत्ति जनाएका छन। 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार