उपेन्द्र यादवलाई छोड्दै नेताहरू। फेरि फुट्ट्यो जसपा । चुनाव चिन्ह " भैंसी "

394 Shares

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल छाडेका नेताहरूले जनता लोकतान्त्रिक पार्टी(जलोपा) दर्ता गराएका छन् ।

लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले सो पार्टी छाडेर आफ्नो अध्यक्षतामा जलोपा जलोपा दर्ता गराएका छन् । पार्टी दर्ताका लागि उनले आज निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।

केही समय पहिले मात्र जसपा नेपाल छाडेका अमरेशनारायण झा सो पार्टीको संरक्षक रहेका छन् ।

२१ सदस्यीय कार्यसमिति रहेको पार्टीका अधिकांश नेता जसपा छाडेकाहरू रहेको यादवले बताए ।

सुमित्रा चौधरी, निराकांर यादव, भगतराम चौधरी पनि जसपा नेपाल छाडेका नेताहरू हुन् । पार्टीको चुनाव चिह्न भैँसी प्रस्ताव गरिएको छ ।

 

Source :  Ratopati

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार