मोरँग को क्षेत्र नं ५ को जनता माझ अहिले समाजसेवी यूवा नेता सलीम अन्सारी निकै चर्चामा देखिएका छन।
लगातार दुई दशक देखि अन्सारी जनताको हक अधिकार को लागि सँघर्षत छन।
मधेस विद्रोह को नाईके रहेका सलिम अन्सारी लाई मधेस आन्दोलन को हिरो भनेर चिनिन्छन। पछि अन्सारी ले बलिउड लेबल को फिल्महरू बनाएर कलाकारको रूपमा पनि सफल बनेका थिए।
कोरोना महामारी को अवधिमा सबै नेताहरू घर भित्र लुकेको बेला मा पनि सलीम अन्सारी ले नै सबै भन्दा पहिला गांऊगांऊ मा गएर राहत वितरण अभियान चलाएर लकडाउन हिरो कहलाएका थिए।
धान काटेर खेतमा राखेकै बेला बाढी ले डुबाएको बेला सलीम अन्सारी किसान को हक अधिकारको लागि सक्रिय सँघर्ष गर्ने पहिलो नेता भएर किसान आन्दोलन को हिरो समेत कहलाउछन।
आगलागी होस वा बाढी जनता को सुखदुःख मा सबै भन्दा अगाडि सलिम अन्सारी भनेर पनि चिनिन्छन।
धर्म कर्मको काम होस या गरिब जनता को दुख होस सबै भन्दा पहिले मरहम लगाउन पुग्ने चलचित्र को नायक सलीम अन्सारी लाई स्थानिय जेनजी पुस्ताका यूवा हरूले भर्खरै छठपुजा समारोहमा जननायक को उपाधिले सम्मान गरेका छन।
सलीम अन्सारी ले दशैँ तिहार को उपलक्ष्यमा धनपाल ३ का एकल महिला लाई टहरा घर निर्माण गरेर उपहार दिएर मानवता को उदाहरण प्रस्तुत गरे चर्चा सेलाउन नपाउदै अहिले चचरी पुल निर्माण गरि निकै चरचित बनेका छन।
जहदा वडा नं १ र २ को बिच मा पर्ने धुनी गाऊमा रहेको सिँघिया नदीमा पुल नभएको ले स्थानीय लगायत क्षेत्रवासीहरूलाई निकै कठिनाई भोग्नु परेको थिया। स्कुल कलेज बजार आदि अति आवश्यकता का लागि आवत जावत गर्न निकै दुख भोगनु परेको थियो। दशकौँ देखि पुल समेत न भएको ले कष्ट भोग्दै आएका स्थानियहरू सबै नेता बाट निराश भएर सलीम अन्सारी समक्ष आफनो समस्या राखेका थिए।
जनताको दुख पिडा कष्टकर जिवन लाई तत्काल राहत पुगने नियत ले व्यक्तिगत लगानी बाट बाँसको चचरी पुल निर्माण गरि क्षेत्रवासीहरूलाई हस्तान्तरण गरेका छन।
सलीम अन्सारी को लगातार जनता प्रति को दायित्व योगदान सँघर्ष ले पुरै क्षेत्रवासीको मन जित्न सफल भएका छन र साँच्चिकै सलीम अन्सारी जननायक को रूपमा स्थापित भएका छन।