रँगेली वडा नं ७ निचामसरी गाउमा राति १० बजे धार्मिक कार्यक्रममा का स्थानिय कलाकार माथि आक्रमण र घर घरमा छिरि लुटपाट तथा महिला बच्चाहरू सँग दुर्व्यवहार को खबर प्राप्त भएको छ।
धार्मिक कर्यक्रममा ४०/५० जनाको अराजक समुह को आक्रमण र घर घर मा छिरेर लुटपाट को प्रयास तथा बालबालिका महिलाहरू सँग गरिएको दुर्व्यवहार को घट्ना ले पुरै गाउवासी त्रसित बनेको स्थसनिहरुले दिव्य अस्त्र लाई बताएका छन।
रक्सी भट्टीमा दुई समुहको बीच भएको ग्याँग फाईट झगडा को विवाद गाऊँ सम्म पुगेको स्रोतले जनाएको हो।
निचामारी गाऊँमा अराजकता मच्चाएका गुन्डा हरू भन्दै आरोपित अजित कुमसर साह, गोविन्द झा, रन्जित कुमार महतो, हर्षित देव मन्डल, नितेस साह,लगायत को व्यक्ति हरू माथि गाऊँवासी ले ईलाका प्रहरी मा निवेदन दिएका छन।