लोहन्द्रामा चचरी । नेताहरूको भुमिका देखिएन। असन्तुष्ट स्थानियहरूको चर्को विरोध ।।

334 Shares

धनपालथान वडा नं ६ स्थित लोहन्द्रा खोला मा अवागमन गर्न स्थानियहरूलाई निकै कठिनाई भई रहेको जनगुनासो रहेको छ।

सरकार र सरकारमा पुगेका सबै जनप्रतिनिधि हरूले बेवास्ता गरेको त्यो दुखलाई पिडित हरूले मात्र बुझ्न सकेको स्थानिहरूले बताउँछन।

निकै नै दुरीमा रहेको लोहन्द्रा खोला पार गर्न निकै कठिनाई भई रहन्छ। विगतमा पनि जितेका सबै साँसद हरूले जिते पछि वास्ता नगरेको त्याहाँ का पिडित जनताहरू बताउँछन।।

यूगौ देखि परिवर्तन को आशमा रहेका मोरँग ५ नं क्षेत्र मा पर्ने धनपालथान वडा नं ६ को अवस्था साहै नै दैनिय रहेको छ।।

हुन त त्यस क्षेत्र बाट ठूला ठूला मन्त्री देखि साँसद सम्म बन्न पुगे तर विकास को नाम मा शुन्य रहेको आम जनताको गुनासो छ।।

देश र जनता ले धेरै परिवर्तन देखे तर हाम्रो अवस्था झन गार्हो हुँदै गएको धनपाल निवासी राजेन्द्र मन्डल ले दिव्य अश्त्र का सँवाददाता सँग दुख प्रकट गरे। विगत मा सदभावना, काँग्रेस, माऔवादी, मधेसी, एमाले बागी स्वतन्त्र लागायत धेरै नेता हरू जितेर साँसद मन्त्री समेत बनेर आफना र आफना आसेपासे लाई माटाए तर जनता को हालत जता को तेस्तै।।

सबै नेता कोई जातको नाममा, कोई धर्मको नाममा कोई पार्टिको नाम त कोई दारूमासु पैसा र बैँक को किस्ता माफ गरिदिने नाममा जितेर गए तर क्षेत्र को हालत झन दैनिय रहेको जहदा निवासी अविनाश मन्डल ले बताए।

विकास र सम्बृधि पर्खेर बसेका आम जनता लाई मरहम लगाउन त्यहीं धनपालथान वडा नं ६ का वडा अध्यक्ष रोजित मियाँले स्थानिय हरूले सहनीय टोल नजिक लोहन्द्रा खोलामा निर्माण गरेको लामो बाँसको चचरी मा केही सहयोग गरि चचरी उद्घाटन गरेका छन। 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार