विराटनगरमा : छठ पर्वकै दिन ठूलो साउन्डमा अस्लिल गित बजाएको निहुमा कुटपिट भएको थियो।
सो घट्नामा साह दम्पतीलाई बिन्देस्बर सरबरिया र उनका छोरा सुनिल लगायत का परिवारले मिलेर कुटपिट गरेको समाचार भाइरल बनेको छ।
पहिला पनि गाउमा बिन्देश्वर ले टान्डव मचाउदै आएको स्थानियले बताउछन। विगतमा पनि ओमकार मन्डल का परिवार सदस्य तथा भुनेश्वर मलाहा लाई कुटपिट गरि बिचौलियहरू द्वारा प्रशासन मिलाएर खुलेआम घुमिरहेको आरोप स्थानियहरू को छ।
बिन्देश्वर सर्वरिया र उनका छोरा सुनिल लगायतका परिवारले शाह परिवारका दम्पतीमाथि कुटपिट गरेको घटनापछि इलाका प्रहरी कार्यालय रानीको टोलीले हिजो साँझ ४ बजे सुनिललाई घरबाट पक्राउ गरेको हो।
अन्य व्यक्ति फरार रहेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता कोपिला चुडालले जनाएको छ।
करणी मुददा आरोपी नागरिकता विवादमा करागारमा समेत बसेका सरबरिया को त्रासले गाउमा कोई मुख नखोलने अवस्था बनेको थियो।
अहिले पनि सुनिल ले बोर्डर वारिपारि कारोबार गरेकोले प्रहरी सँग राम्रो साँटगाँठ रहेको स्थानिय को भनाई छ।
फेरि पनि बिचौलियहरू लाखौं रूपैया खाएर यो घटना पनि मिलाउने तर्फ लागि परेको स्थानियहरू को आरोप रहेको छ।
प्रहरी प्रशासन ले आफनो इमान्दारी देखाएर कार्वाही अघि बढाउनु पर्छ र दोषि माथि कडा एकसन लिएर पिडितहरुलाई न्याय दिलाउन सक्नु परछ भन्ने आश पिडितहरुको रहेको छ।