पार्थो सरकार। राजबिराज डेस्कटप ।।
महादेवा गाउँपालिकामा विदेह फाउन्डेसन ।। महिला तथा बालबालिका विरुद्ध हुने हिंसा रोकथामका लागि स्थानीय स्तरमा नीतिगत पहल उत्कृष्ट रहेको गाउँपालिका अध्यक्ष सुनिल कुमार मण्डल ले एक कार्यक्रममा राखे।
यो निति निर्माण ले हामी जनप्रतिनिधि हरुलाई समेत कार्य गर्न सहज हुने। महिला कानुन र विकास मंचको सहयोग एवं महादेवा गाउँपालिका को आयोजना प्रमुख अतिथि संविधान सभा सदस्य रंजु झा ले निति निर्माण को रूप रेखा प्रस्तुत गर्नुभएको थियो।
उक्त कार्यक्रममा वडा नं.१ का वडा अध्यक्ष जय किशोर दास, वडा नं.२ वडा अध्यक्ष जागेश्वर ईशर, वडा नं.३ का वडा अध्यक्ष रामकुमार यादव, वडा नं.४ का वडा अध्यक्ष जुगेश्वर साह, वडा नं.५ का वडा अध्यक्ष हरेराम मंडल र वडा नं.६ का वडा अध्यक्ष गजेन्द्र मंडल हरुले यो निति ल्याउन सामुहिक प्रतिबद्धता व्यक्त गरे।
प्रमुख प्रशासकीय अधिकृत राज किशोर साह, कार्यपालिका सदस्यहरू क्रमशः चनरदेव खंग, चन्द्रिका देवी खंग,फुलो देवी मंडल,अनार देवी राम,सिता देवि यादव र आशा सरदार समेत को सक्रिय उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा सामाजिक शाखा मो. जावेद अलि, विपद् व्यवस्थापन संयोजक कमल खत्री, पत्रकार पिन्टु यादव समेत ले आफ्नो धारणा राख्दै यो निति ले महिला तथा बालबालिका को सम्मुचित विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने छन्।
यस पालिका मा अत्याधिक दलित समुदायको बसोबास हुनुका साथै अशिक्षित रहेको ले बढी महिला घरेलु हिँसा हुने पालिका सदस्य अनार देवी राम ले जानकारी गराउनु भयो भने कार्यक्रम संचालन गाउँपालिका स्वास्थ्य संयोजक बृहस्पति रामले गरेको थियो।