भ्रष्टाचारी जो सुकैलाई पनि कार्वाही को दायरामा ल्याउने नेता सलीम अन्सारीको अडान

590 Shares

भु-माफियाको कब्जामा मालपोत। १७.०३ कटठा ऐलानी व्यक्तिको नाममा लालपुर्जा ।।

 

रँगेली। मोरँग को सुनबर्सी वडा नं ६ मा रहेको ऐलानी जग्गा व्यक्तिको नाम लालपुर्जा को विवादमा रंगेली मालपोत कर्यालय मुछिएको छ। लगभग चार दशक देखि १७ कटठा ३ धुर ऐलानी जग्गामा भोगचलन गर्दै आएका सुकुमबासीहरूको घर खाली गर्न जग्गाधनी लालपुर्जा बोकेर आए पछि विवाद उत्पन्न भएको सुकुमबासीहरूको भनाई छ। भिम प्रसाद सिँह ले आफु जग्गाधनी हुँ र तिमिहरू मेरो जग्गा खाली गरेर जाऊ नभए डोजर लगाऊँछु भन्दै धमकीपुर्ण ढँगले प्रस्तुत भएको त्यहाँका स्थानियले गुनासो व्यक्त गरेका छन।

पिडित सुकुमबासीहरू आफनो पिडालाई लिएर सबन्धित निकायहरू धाई रहेको थिए तर कतैबाट सहयोग को आश पाएका थिएनन उनिहरुको भनाई रहेको थियो।। विवाद बढ्न थाले पछि केहि मिडियाका पत्रकारहरूले यो विषयमा चासो लिन थाले पछि स्पष्ट कुरा बाहिरिएको हो। अन्याय र भ्रष्टाचार विरूद्ध लड्दै आएका जनप्रिय यूवा नेता सलीम अन्सारीलाई पिडित हरूले सम्पर्क गरेकोले अन्यायमा परेका सुकुमबासीहरूको पक्षमा अन्सारी चट्टान बनेर उभ्भिएका छन। सलीम अन्सारी आँफै बिराटनगरबाट सुकुमबासीहरूको बस्तीमा पुगेर यथार्थ बुझे पछि सिधै रँगेली मालपोत कार्यालयमा कार्यरत हाकिम सुनिल पौडेललाई उनकै कार्यकक्षमा भेटे।

सलीम अन्सारीले आवर प्रदेस, दिव्या अस्त्र र रँगेली टुडे लगसयतका का मिडिया प्रतिनिधिहरूलाई पनि आफु सँगै रँगेली मालपोत कार्यालय लगेका थिए। मालपोत का हाकिम ले भने त्यो जग्गा हालसम्म पास नै भएको छैन। मालपोत को लालपुर्जा रजिष्टरमा नक्कली प्रतिलिपि एक कर्मचारी ले टाँसेको र त्यसको जिम्मेवारी सो कर्मचारी ले कबुल गरेको बताए। आवर प्रदेस मिडिया का पत्रकार पारस मन्डल ले हाकिमलाई प्रश्न गरे ' तपाईलाई यो विषयमा कसैले वा वडा अध्यक्ष ले सिफारिस गरेको थियो कि थिएन? ' ।।

वडा अध्यक्षले ठाडो निवेदन दिएका थिए भनेर हाकिम पौडेलले स्विकार गरे । यो जग्गा को लालपुर्जा भिम प्रसाद सिंह को नाममा रहेको छ र तो जग्गा निजको नाममा कार्यन्वयन गरई दिनका लागि वडा अध्यक्ष कमल कातले लिखित सिफारिस दिएको सपष्ट पारे। मालपोत कार्यालय बाटै नेता सलीम अन्सारी ले वडा अध्यक्ष लाई फोन सम्पर्क गरे घट्ना को विषयमा सोध्दा अध्यक्ष ले सिफारिस पठाएको स्विकार गरे। जग्गाधनी ले आफनो नाम मा रहेको १७ कटठा ३ धुर जग्गा को लालपुर्जा देखाए र सो जग्गा मा सुकुमबासीहरू कब्जा गरेको र त्यो जग्गा निजलाई कार्यन्वयन गराई दिन निवेदन दिए पछि मैले मालपोत लाई सिफारिस गरेको बताए।

एकातर्फ चारकिल्ला वा सरजमिन बगैर नै वडा अध्यक्षले लालपुर्जामा सिफारिस गरे भने अर्को तर्फ जग्गा ऐलानी नै रहेको मा हालसम्म कसैको नाममा पास नभएको र नक्कली मालपोत प्रतिलिपि रजिस्टर मा टाँसेको मालपोत अधिकृत सुनिल पौडेल ले स्पष्ट पारे। यस विषयमा मलाई केही थाहा थिएन रजिस्टर राख्ने कोठाको चाबी जो कर्मचारी सँग थियो उसैले बदमासी गरेको र उसले त्यो गलती स्विकार गरिसकेको पौडेलले बताए।

सबैकुरा बुझ्दै जाँदा यो भुमाफिया को प्रकोपमा परि वडा अध्यक्ष वडा सचिव र कर्मचारी लगायत मालपोत का सम्पुर्ण सबन्धित कर्मचारी अधिकृत को मिलोमतोमा करोडौ को भ्रष्टाचार भएको नेता सलीम अन्सारी ले दाबी गरे। यो भ्रष्टाचारलाई सबन्धित निकाय सम्म पुर्याएर कानुनी कार्यवाहीको दायरामा ल्याएरै छाड्ने अन्सारीले अडान लिएका छन।।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार